२४ साउन । ललितपुर महानगरपालिका–९, बालकुमारीस्थित मनोहरा नदीमा हाम फालेकी किशोरीको प्रहरीले उद्वार गरेको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुर–९, च्यासल बस्ने १७ वर्षीया किशोरी (नाम गोप्य राखिएको) बुधबार साँझ मनोहरा नदीमा हाम फालेकी थिइन्।
उनलाई नदीले झन्डै ७० मिटरसम्म बगाएको अवस्थामा प्रहरीले उद्धार गरिएको हो । उनलाई उद्धारपश्चात् बीएन्डबी अस्पताल (ग्वार्काे) लगिएको थियो भने राति नै डिस्चार्ज गरिएको छ ।








प्रतिक्रिया