१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा जुवाको खालबाट ३ लाख ७३ हजार रुपैयाँसहित ९ जना भारतीय पक्राउ



३२ साउन । काठमाडौंको ईटुम्वहालबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। शुक्रबार अपरान्ह ईटुम्वहालमा जुवातास खेलिरहेको भन्ने सूचना भिक्ट्रर कन्ट्रोलबाट प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूबाट नगद ३ लाख ७३ हजार ८२० रुपैयाँ र ५ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ। भारतको कोलकत्ता घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. २४ ईटुम्वहाल बस्ने वर्ष ३६ को मन्टु भुक्ता, वर्ष वर्ष ३९ को शुसान्त करामाति, वर्ष ३७ को राज कुमार घोरही, वर्ष ३९ को अर्धेन्दु हरबाब, वर्ष ३६ को जग्नाथ पाल, वर्ष ४५ को रन्जित कुन्ते, वर्ष ३९ को सौमेन्दु दास, वर्ष ३८ को दिव्यन्दु सिं र वर्ष ३३ को संजय पात्रो पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।