१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति कोटी होममा विजय कृष्णमूर्तिमाथि प्रहरीको धरपकड



ललितखबर
३२ साउन । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार कोटीहोम सञ्चालक विजय कृष्णमूर्तिलाई प्रहरी बृत्त गौशालाबाट पुगेको प्रहरीले पक्राउ गर्ने भन्दै धरपकड गरेको छ ।
प्रहरीको धरपकडको क्रममा सहभागी भक्तजहरुले प्रतिकार गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कोटीहोमका आयोजक संस्थाका प्रमुख विजय कृष्णमूर्तिले गौशालाबाट आएको प्रहरीले रक्सीको सुरुमा आफूलाई दुव्र्यावहार गरेको बताएका छन् । उनले भनेका छन्, ‘विदेशी षड्यन्त्रले आफूलाई पक्राउ गर्ने प्रसास गरिएको छ । ममाथि हिन्दुराज्यको माग गरेको आरोप लगाइएको छ । मलाई भ्यानमा हाल्ने प्रयास गरियो ।’ उनले सो क्रममा भने, ‘अव देश बंगलादेश बन्छ ।’
कोटीहोम स्थलमा प्रहरी पुगेपछि संस्थाका प्रमुख कृष्णमूतिले सबै समर्थकहरुलाई पशुपति आएर प्रतिकारमा उत्रन आह्वान गरेका थिए ।

धरपकडको क्रममा अश्लील शव्दहरु समेत बोलिएको सुनिन्छ । महिलाहरु आफूमाथि पुरुष प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । प्रहरीले भने सोधपुछका लागि सादा प्रहरी पुगेको तर सहभागीहरुले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाएको छ ।

प्रहरीले भने सोधपुछका लागि सादा प्रहरी पुगेको तर सहभागीहरुले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाएको छ ।
समर्थकहरुले यज्ञस्थलबाट विभिन्न सरसामाग्री फ्याकिरहेको भिडियोमा देख्न सकिन्छ ।

३२ दिनको कोटी होम आज समापन भएको छ ।

 

 

 

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।