२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दुई अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप



६ भदौ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. (अधिकृत छैटाैं) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सो गाउँपालिकामा मातृ शिशु कार्यकर्ता (मा.शि.का) पदबाट नियुक्ति लिई सि.अ.न.मी. पदमा स्तरवृद्धि भएका क्षेत्रीको प्राविधिक एस.एल.सी. परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अ.न.मी. नेपाल नर्सिङ् काउन्सिलको दर्ता प्रमाण–पत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौं तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैटाैं तहमा स्तर वृद्धि भई सि.अ.न.मी. निरीक्षक पद पाउन माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली प्रमाण–पत्र पेश गरी लाभ एवम् सुविधा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको छ ।

यसैगरी, स्याङ्जाको जगन्नदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिकामा सि.अ.हे.व. अधिकृत छैटाैं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार न्यौपानेले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण–पत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रा.प. अनं. तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्ति लिई सो पदको लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ११ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।