३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई बालेनको दबाब



१६ भदौ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् । आइतबार साँझ मेयर बालेनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार राखेर बाल श्रमशोषण गरेकोमा पक्राउ नगरेको भन्दै आपत्ति जनाएका छन् ।

सांसद शर्माको फोटोसहित उनले लेखेका छन्,‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ । सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।