३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजल घटनाः दुईजना पक्राउ



२३ भदौ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ। सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो।

उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो।

अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो। तर रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।

रामविनय महरा पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन्।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।