१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोमाथि बिजुलीको पोल ढल्यो



२४ भदौ । ललितपुर जावलाखेलस्थित टेलिकम पछाडिको सडकमा गुडिरहेको माइक्रोबस माथि बिजुलीको पोल ढलेको छ। सोमबार साँझ सवा ४ बजे तिर सानेपा स्थित फिनिक्स स्कुलका स-साना बालबालिकाहरु बोकेको बा २ ख २८५० नम्बरको माइक्रोमाथि अचानक बिजुलीको पोल ढलेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गाडीमा केही क्षति पुगे पनि विद्यार्थीहरु सुरक्षित रहेकाे छन्। प्रहरीका अनुसार गाडीमा १८ जना विद्यार्थी सवार थिए। उनीहरुलाई अर्को गाडीमा राखेर घर पुर्‍याइएको छ। हाल ढलेको पोल पनि हटाउने काम भइसकेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।