३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन मन्त्रीले पहल गर्ने



काठमाडौं
२४ भदौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन् । सोमबार ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

त्यसै गरी मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । सो अवसरमा ईन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । ईन्द्र जात्रा आगामी असोज एक गते मनाईने भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।