३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


क्रिप्टो र अनलाइन जुवा खेलेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ



२७ भदौ । ललितपुरबाट क्रिप्टोकरेन्सी कारोबार र अनलाइन जुवा खेल्ने र खेलाउने ५० जनलाई सीआईबीले पक्राउ गरेको छ। गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपालीलाई पक्राउ गरेको हो।

कलसेन्टरमा क्रिप्टोकरेन्सी कारोबार गरेको र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ८ : ४४ बजे