१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई ६५ लाख नगदसहित सम्मान



 

२८ भदौ । सरकारले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एक कार्यक्रमबीच प्रधानमत्री केपी शर्मा ओलीले पलेशालाई नगदसहित सम्मान गरेका हुन् ।  पलेशाका प्रशिक्षक कवि राज नेगी लामालाई पनि नगद ५ लाख ८५ हजार नगदसहित सम्मान गरियो । टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार प्रदान गरेको छ ।

२०८१ भाद्र २० को मन्त्रीपरिषद्को निर्णय अनुसार पालेशा र उनका प्रशिक्षक तथा टिम व्यवस्थापकलाई नगद पुरस्कारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ ।

सोही अनुसार मन्त्रीपरिषद्को निर्पणयले पलेशा र उनको टिमलाई नगद पुरस्कार प्रदान गरेको हो। सरकारले उनले प्राप्त गरेको पुरस्कारमा कुनै कर नकाट्ने निर्णय यसअघि नै गरेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।