३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी



२९ भदौ । काठमाडौँ कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी भएको छ । बिहीबार काठमाडौँ महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : ४८ बजे