१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लिंगो ठड्यासँगै इन्द्रजात्रा शुरू



३० भदौ । इन्द्रजात्रा आजबाट शुरू भएको छ। वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा शुरू भएको हो। बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याइएको थियो। हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ।

हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ। असोज १ गते मंगलबार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ। असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ। असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ।

त्यसैदिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन्।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।