१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मनकामना केबुलकार अत्याधुनिक प्रविधिमा स्तरोन्नति, मंगलबारदेखि पुनः सञ्चालन



एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्ट मा रूपान्तरण गर्ने काम सम्पन्न भएको छ

३१ भदौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार अत्याधुनिक प्रविधिमा स्तरोन्नतिपछि मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । २ महिनाको मर्मत सम्भार पछि असोज १ गते बिहानैदेखी पुनः सञ्चालनमा आउने भएको हो ।
प्रा.लिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार गतअसार ३१ गते देखी मर्मत सम्भारको लागि पूर्ण रूपमा बन्द रहेको केबुलकार असोज १ गते बिहानैदेखि नियमित रूपमा सञ्चालनमा आउने लागेको हो ।

 

केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जाँदा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको

अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्न २ महिनादेखि बन्द केबुलकारको सम्बन्धमा प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने, ‘ एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्ट मा रूपान्तरण गर्ने काम सम्पन्न भएको छ ।’
स्थापनाको २६ वर्ष पछि केबुलकारलाई एनालगबाट डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो । केबुलकारलाई डी–कनेक्ट प्रणालीमा लान अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकहरूको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको कंम्पनीले जनाएको छ ।
केबुलकारको मुख्य लठ्ठा र डिजिटल डी–कनेक्ट प्रणालीमा जाँदा मनकामना दर्शन प्रालिले करिब ५० करोड खर्च गरेको निर्देशक श्रेष्ठले बताए ।
२०५५ साल मङ्सिर ८ गते देखी विधिवत् रूपमा सञ्चालनमा आएको केबुलकारले चितवनको चेरेशमा बटम स्टेसन र गोरखाको मनकामना मन्दिर छेवैमा टप स्टेसन राखी मनकामना मन्दिर आउजाउ गर्नेहरूका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।