३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथलाई राष्ट्रिय राजमार्गको मापदण्ड तोकिएको भन्दै स्थानीय आन्दोलित



३१ भदौ । एकान्तकुना–टीकाभैरव हुँदै हेटौंडा जोड्ने गरी बनिरहेको कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाएर आफूहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानीयहरु आन्दोलित बनेका छन् ।
लोकपथ हुँदा दायाँ–बायाँ २२ मिटर मापदण्ड रहेकोमा हाल राष्ट्रिय राजमार्गको हवाला दिंदै ६२ मिटर मापदण्ड कायम भएपछि उनीहरु आन्दोलित बनेका हुन् । सरकारले २०७६ सालमै कान्ति लोकपथलाई राष्ट्रिय राजमार्ग बनाउने निर्णय गरे पनि हालसम्म स्थानीयसँग लुकाएको प्रभावित क्षेत्रका विदुर खड्काले आरोप लगाए । उनीहरुले २०७६ जेठ ६ गते भएको मन्त्रिपरिषद्‍को निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

काठमाडौंलाई तराईसँग जोड्ने गरी विस्तार भइरहेको कान्ति लोकपथ निर्माण भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने एकान्तकुना–टीकाभैरव क्षेत्रमा नयाँ मापदण्ड लागू भए करिब २ हजार परिवार घरबारविहीन हुनुपर्ने खड्काको दाबी छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।