१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्रिय धुनलाई रिङ्गटोन बनाएपछि नेपाल टेलिकमको सर्वत्र आलोचना



राष्ट्रिय गान बच्दा उठेर सम्मान गर्दै शिर निहु¥याउने प्रचलन छ

 

ललितखबर
२ असोज । सरकार नियन्त्रित दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले राष्ट्रिय धुनलाई रिङ्गटोन बनाएपछि सर्वत्र आलोचना भएको छ ।
पर्व र उत्सवपिच्छे फरक फरक रिङ्गटोन बनाउने गरेको टेलिकमले संविधान दिवसको पुर्वसन्ध्यामा राष्ट्रिय धुनलाई मोवाइलको रिङ्गटोन बनाएको छ ।
सबैले सम्मान गरेर उठ्नु पर्ने राष्ट्रिय धुनलाई रिङ्गटोन बनाएको भन्दै टेलिकमको सामाजिक सञ्जालभर आलोचना सुरु गएको छ ।
क्तिपयले व्यावसायिक संस्थाले यसरी राष्ट्रिय जानको संगीत व्यापारीक रुपमा प्रयोग गर्न दिनु नहुने तर्क गर्दै विरोध गरेका छन् भने कतिपयको सम्मानित धुनलाई मोवाइलको रिङ्गटोन बनाएर राष्ट्रिय गानकै अपमान भएको भन्दै विरोध गरिरहेका छन् ।
देशको राष्ट्रिय गानलाई संसारभर उच्च महत्व दिदै सम्मान गर्ने गरिन्छ । राष्ट्रिय गान बच्दा उठेर सम्मान गर्दै शिर निहु¥याउने प्रचलन छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।