३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर



२ असोज । पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याब टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरू नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०४ बजे