३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ज्ञानेश्वरबाट ९ लाखको धनमाल चोरी



३ असोज । काठमाडौँ महानगरपालिका–१ स्थित हिमाल हस्पिटल नजिकैबाट ९ लाख २१ हजार बराबरको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्ग स्थित सुरेश परियारको डेराबाट धनमाल चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय परियारको डेरामा केही नभएको मौकामा चोरले ताला फोडेर सुन र नगद लगेको हो । चोरीमा संलग्नहरूलाई प्रहरीले खोजिरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ४ : ३९ बजे