४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अर्थतन्त्रमा आशालाग्दो अवस्था आएको उद्योगी चन्द्र ढकालको भनाई



कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम ग¥र्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन्

 

ललितपुर
४ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम ग¥र्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् ।”

महासङ्घले आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो ।

महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकोभन्दा फरक रहेको उनको भनाइ छ । उनका अनुसार पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । कतिपय कानुनहरु बाधक देखिए । कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए । अब दातालाई प्रतिबद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ ।

कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए । उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताए । यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी उनले दिए ।

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासङ्घले धेरै काम गरेको उदाहरण पेस गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरे ।

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : १६ बजे