२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा



छापावाला सुनको मूल्यमा नयाँ कीर्तिमानसँगै आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ

 

काठमाडौँ
६ असोज । नेपाली बजारमा आज सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । छापावाला सुनको मूल्यमा नयाँ कीर्तिमानसँगै आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय २० निर्धारण भएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।