८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले रोक्यो गंगालाल अस्पतालको फोहोर संकलन



८ असोज । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ। वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको वातावरण व्यवस्थापन महाशाखा प्रमुख कविता राईले जानकारी दिइन्।

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ। ‘संरचना उपयुक्त बनाए पनि फोहर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइयो।’ टोलीको नेतृत्व गरिरहेकी वरिष्ठ शाखा अधिकृत सानुमैयाँ महर्जनले भनिन्, ‘हानीकारक फोहर र सामान्य फोहरको छुट्टाछुट्टै पोका थिए। कुहिने फोहर कालो प्लाष्टिकमा र हानीकारक फोहर पहेँलो प्लाष्टिकमा पोको पारेर एकै ठाउँमा राखिएको थियो।’ अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ०७ बजे