२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरका विनोद खड्गी पाँचखालमा मृत भेटिए



८ असोज । काठमाडौँ कीतिपुरका ५० वर्षीय विनोद खड्गी काभ्रेको पाँचखालमा मृत फेला परेका छन्। पाँचखाल नगरपालिका- ८ को ४८ किलो भन्ने ठाउँस्थित अरनिको राजमार्गको सडक छेउको झाडीमा खड्गीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार खड्गीको मृत्युको कारण भने खुलेको छैन। सडक छेउको झाडीमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ।

सुरुमा मृतकको पहिचान नभएको र अनुसन्धान गर्दै जाँदा उक्त शव खड्गीको भएको खुलेको प्रहरीले जनाएको छ।

कीर्तिपुर नगरपालिका- ५ की शान्ति खड्गीको सोमबार उक्त शव आफ्ना पतिको भएको भनेर सनाखत गरेकी छन्।

खड्गी यही असोज ५ गतेदेखि बेपत्ता थिए।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।