१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फेरि बढ्यो सुन चाँदीको मूल्य



मूल्यमा रेकर्ड बनाएपछि लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले बढेको हो
काठमाडौँ
१८ असोज । आज सुन र चाँदीको मूल्य बढेको छ । मूल्यमा रेकर्ड बनाएपछि लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छ ।
साथै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला रु तीसले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको आजका लागि भने रु एक हजार नौ सय ८० रुपैयाँ कारोबार भएको हो  ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।