२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडाबाट ११ करोड ४३ लाख बराबरको आठ किलो सुनसहित दुई जना पक्राउ



१९ असोज । हेटौंडाबाट आठ किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर जाँच गर्दा उक्त सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्याम आर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य, सांगली जिल्ला, पुजारवाडीका २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टीहाल बाड छन् । उनीहरूको शरीर तथा स्कुटरमा तलासी गर्दा शरीरका विभिन्न भागमा लुकाएर बिलसमेत नभएको बिस्कुटको आकारका ८ थान सुन फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सुन तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम अर्थात् आजको बजार भाउअनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन पारेको प्रहरीले जनाएको छ ।

सुन भन्सार छलेर अवैध तरिकाले भित्र्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।