१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


५६ अंकले बढ्यो नेप्से परिसूचक, २१९ कम्पनीको शेयर मूल्यमा वृद्धि



२० असोज । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ५६ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ५३ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ ।

समूहगत रुपमा फाइनान्स समूहको शेयर मूल्य अधिक बढेको छ । यस समूहको मूल्य ६.३० प्रतिशत बढेको छ । साथै बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार समूह ०.९० प्रतिशतले बढेको छ ।

यस्तै, आज दिनभरिमा ३०८ कम्पनीको एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर किनबेच हुँदा छ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको र नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।