३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा खोलामा खसेर बेपत्ता भएका प्रह्लादको खोजीमा कुकुर परिचालन



२२ असोज । कीर्तिपुरका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन गरिएको छ । १७ असोजको बिहान साढे ८ बजेतिर कीर्तिपुर नगरपालिका–७ नयाँ बजारस्थित तिन्सी खोलामा बेपत्ता भएका महर्जनको खोजीमा कुकुर परिचालन गरिएको हो । तिन्सी खोला किनारको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए ।

उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरी केनाइन शाखाबाट डिएसपी वासुदेव सुवेदीको कमाण्डमा दुई वटा कुकुरसहितको टोली तिन्सी खोलामा पुगेको हो । उनको खोजी गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।