३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाडपर्वको मौका छोपी काठमाडौंमा चोरी गर्ने ४ जना पक्राउ



२५ असोज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चाड पर्वको मौका छोपी घरमा चोरी गर्ने ४ जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अन्जली ताम्राकारको घरमा चोरी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका वडा नं. ५ का २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक पाचखाल नगरपालिका वडा नं. १३ का २७ वर्षीय धनेष लामा, नुवाकोट मेगाङ गाउँपालिका वडा नं. ५ कै डियुक सापकोटा र सोही स्थानकी २६ वर्षीया श्रीमाया तामाङ रहेकी छिन्।

प्रहरीका अनुसार उनीहरुले ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चाइनिज नागरिक ५७ वर्षीया लुओ जिया लियानको कोठाको ताला फोडी १९ लाख नगद तथा सि.सि. क्यामेराको हार्डड्राईभ चोरी गरेका थिए।

चोरी गरेको घटनाको अनुसन्धान गर्ने कम्रमा उनीहरूलाई बिहीवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बानेश्वर पठाइएको छ।

उनीहरुको साथबाट प्रहरीले नगद १६ लाख ४९ हजार ७४०, चोरी गरेको फलामको लकर १ थान, चोरी गरेको रकमबाट बाडफाड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल १ थान र पक्राउ गरिएका व्यक्तिहरुले प्रयोग गर्ने मोबाईल ६ थान पनि बरामद गरेको छ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।