२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चावहिलका एक पुरुष हेटौंडाको होटलमा मृत भेटिए



३ कात्तिक । काठमाडौं घर भएका एक पुरुष हेटौँडामा मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका–७ चावहिलका ४६ वर्षीय अजय मानन्धर हेटौँडाको एक होटलको कोठामा मृत भेटिएका हुन्।

हेटौँडा–२ स्थित पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको ४०२ नम्बरको कोठामा मानन्धर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँमा रहेको मामाघर आएका उनी उक्त होटलमा बास बसेको पाइएको प्रहरीले जनाएको छ। मानन्धरका साथीहरुले फोन गर्दा उनको फोन नउठेपछि शुक्रबार अपराह्न ४ बजेतिर सोही होटलमा आएर ढोका खोली हेर्दा मानन्धर मृत अवस्थामा भेटाएका हुन्।

मानन्धर गत असोज २७ गते मामाघर आएको खुलेको छ। कार्तिक १ गते अर्थात् गत बिहीबार काठमाडौँ फकर्ने भन्दै उनी मामाघरबाट निस्किएका थिए। त्यसरात उनी सोही होटलमा बसेका थिए।

अघिल्लो रात साथीहरुसँग फोनमा कुराकानी हुँदा उनले हेटौँडामै रहेको पल्पसा होटलमा बसेको जानकारी दिएका थिए। भोलिपल्ट अर्थात् शुक्रबार बिहानदेखि ती साथीले फोन गर्दा अजयको फोन नउठेपछि साथीहरु हेटौँडा आएर होटलको ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।