३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका बाढी प्रभावित समक्ष पुगेर मुख्यमन्त्री लामाले भने, ‘पुनःनिर्माणको काम अगाडि बढाइनेछ’



४ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढिपहिरोबाट प्रभावित भएका तर विपद सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनःनिर्माणका काम अगाडि बढाइने बताएका छन् ।
आज ललितपुर महानगरपालिका–७, ८, ९ र १७ का साथै महालक्ष्मी नगरपालिका–९ लामाटार र १० लाँकुरीभञ्ज्याङ, मानेदोवान क्षेत्रमा बाढिपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्दै उनले प्रदेश सरकारले छुटेका ठाउँलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाउने बताए ।

क्षतिको मूल्याङ्कन गरेर विपदग्रस्त क्षेत्र घोषणा गरिने मुख्यमन्त्री लामाको भनाइ थियो । “यसअघि केन्द्रीय सरकारले पठाएको विवरणका आधारमा तत्कालै विपद्ग्रस्त घोषणा गरिएको छ, काठमाडौंको दक्षिणकाली र ललितपुरको महालक्ष्मी नगरपालिकालगायत आठ वटा पालिका छुट्न गएकाले स्थलगत निरीक्षण गरेर मूल्याङ्कनका आधारमा छुट भएका स्थानीय तहलाई विपदग्रस्त घोषणा गरी राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणको कामलाई अगाडि बढाइनेछ”, उनले भने

निरीक्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य उर्मिला केसी, ललितपुर क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोबिन्दप्रसाद लम्साल, नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतका उपस्थिति रहेको थियो ।

यसैबीच महालक्ष्मी नगरपालिका–९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडाभित्र भएको क्षति, राहत, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामको विवरण र आवश्यक बजेटको माग गर्दै मुख्मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । यस्तै, वडा नं १० का अध्यक्ष विजय लामाले पनि वडाभित्र भएको क्षति, राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामहरूका लागि ज्ञापनपत्र पेस गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।