१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन



७ कात्तिक । यो साता लगातार उचाइतर्फ लाग्दै दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि बढेर हालसम्मकै उच्च कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख ६६ हजार ७ सय रूपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो। मंगलबारको रेकर्ड बुधबार पुन: ब्रेक हुँदै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ। अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्।
सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔँस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्। एक औँस बराबर २.४३ तोला हुन्छ।
चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। मंगलबार दुई हजार एकसय रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार एकसय ३५ रूपैयाँ तय भएको छ।
मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले महँगो भएको हो।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।