२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु खोलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयको छानबिन



११ कात्तिक । ललितपुर महानगरपालिका–१३ स्थित नख्खु खोलाबाट विपद्मा परेकाहरूको उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा अविरल वर्षासँगै नख्खु खोलामा आएको बाढीका कारण जस्ताको टहरोको छतमा उभिएर लामो समय गुहार माग्दा पनि दुई जना बेपत्ता भएका छन् । खोलाले टहरो ढालेपछि बगेका ३ जनालाई काभ्रे घर भएका चणिकलाल तामाङले उद्धार गरेका हुन् । रौतहटको वृन्दावन घर भएका ४३ वर्षीय राजु शाह, ६ वर्षीया छोरा मेघना शाह, उनकै अर्की छोरी सेतु शाहलाई र भाइ राज शाहलाई खोलाले बगाएको थियो ।
गुहार माग्दामाग्दै बगेका देवराज कार्की र सेतु शाह बेपत्ता छन् । खोलाले बगाएको मध्ये दुई जना बेपत्ता छन् । उनीहरू ललितपुर महानगर–१३ दिव्यनगरस्थित कान्तिपुर कोलोनी नजिकै ईश्वरी केसीको जग्गामा टहरा बनाएर बसेका थिए ।

उनीहरुले त्यहाँ ग्रिल कारखाना सञ्चालन गरेका थिए । घट्ना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।