९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लक्ष्मी पूजा राति राजधानीमा धेरै चहलपहल



 

काठमाडौँ उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ

काठमाडौँ
१६ कात्तिक । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौँ उपत्यकामा बढी नै चहलपहल देखिन्छ ।
विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । राति नौ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ ।

काठमाडौँ उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।