८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा नेमकिपाद्वारा उम्मेदवारी दर्ता



२ मंसिर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षको पदमा उम्मेदवारी दिएको छ ।
मेयर पदमा कृष्ण महर्जनले उम्मेदवारी दिएका छन् भने वडा नम्बर ४ मा महेश्वर सुबेदी र वडा १ कृष्ण प्रसाद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेमकिपाले कीर्तिपुर नगरपालिकाको तीन वटै पदमा उम्मेदवारी दिएको हो ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली काँग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन, बाबुराम भट्टराईको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जन र स्वतन्त्रको नवरथ कुमार बानियाँ उम्मेदवार छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।