२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पशुपति मन्दिर परिसरमा बत्ती बाल्न आउने दर्शनार्थीको घुइँचो



काठमाडौं
मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन् । उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ ।

आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन् । यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ ।
बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ । रातभर बत्ती कुरेर बस्न नसक्ने भक्तजनका लागि मात्र कोषले आफैँ रसिद काटेर रु दुई हजार एक सय लिने सदस्य सचिव डा मिलनकुमार थापाले बताएका छन् । आफैँ बत्ती कुरेर बस्ने भक्तजनका लागि भने कुनै शुल्क नलाग्ने उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।