२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपिएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने



काठमाडौ
नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । खेल अबको केही समयमै सुरु हुनेछ ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।
जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।