२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं १६मा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ विजयी



रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित भएकी हुन्

काठमाडौं
काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । यस वडामा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो पाए । अधिल्लो निर्वाचनमा यस वडामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाएका छन् । राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए साथै भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।