६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति



२३ मंसिर । दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आइतबार ३ दिन म्याद थप भएको ब्युरोले जनाएको छ ।

भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्युरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विभिन्न व्यवसायीहरूलाई धम्काएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

अहिले साइबर ब्युरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।