३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं कमलादी सडक बाडीले विगारेको ४ महिनापछि बल्ल सुचारु,सचिवले सडकै काटे रिवन



काठमाडौँ
काठमाडौ इच्छुमती (टुकुचा) खोलामा ठूलो नदि होइन । यसलाई एउटा खोल्चा भन्दा पनि हुन्छ । गत साउन २३ गते राजधानीमा बाढी आएपछि सो बाढीले कमलादी सडकमा रहेको ‘कलभर्ट’ भत्कियो । मात्रै एघार मिटर उक्त कलभर्ट भत्किँएपनि चार महिनाभन्दा लामोसमय लगाएर निर्माण सम्पन्न गरिएको छ ।
काठमाडौँको व्यस्त कमलादी क्षेत्रमा ‘कलभर्ट’ भत्किएकै कारण सवारी आवागमनमा समेत समस्या भएको थियो ।

चार महिनापछि सडक निर्माण गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको रिवन काटेर शुभारम्भ गरेका छन् । राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको थियो । यसका कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको बताइएको छ ।
उद्घाटनपछि व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले तर्क गरे । ‘कलभर्ट’ भत्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरी विस्तृत अध्ययन गराएको थियो ।

तर कात्तिक १ गते पुरातत्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दसैँ, पुरातत्वविभागसँग सहमति लिनुपर्ने प्रक्रियालगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको जनाइएको छ ।

प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो । गत साउन २८ गते विज्ञहरुले निरीक्षण गरी लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौँले गत असोज १८ गते रु ४९ लाख ६३ हजार मा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमाडौँ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मङ्सिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम सुरु भएको थियो ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।