३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रतिश्पर्धी बन्न सहकारी मन्त्री अर्यालको सुझाव


२१ मंसिर २०७६, शनिबार  

0
Shares

२१ म्ंसिर ०७६, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरु पथ प्रतिश्पर्धी बन्नु पर्ने आवश्यत्ता औल्याउनु भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ आठौ स्थापना दिवस र सातौ वार्षिक साधारणसभाको उद्घाटन मन्तव्य दिदै मन्त्री अर्यालले बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सहकारी संस्थाहरु सक्षम र प्रतिस्पर्धी बन्नु पर्ने आवश्यत्ता भएको बताउनु भएको हो ।

मन्त्री अर्यालले अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंशा गर्नु भयो । उहाले हरेक घरका सदस्यलाई सहकारीमा आर्कषण गर्न सहकारीहरुले योजना ल्याउनु पर्ने सम्बन्धमा उहाँको विशेष सुझाव थियो ।

अव सरकारीको विकाश र प्रबर्दनमा सरकार सहयोग गर्न तयार रहेको उहाँको जिकरि थियो । अर्यालको प्रविधिमैत्री भएर काम गर्न सुझाव थियो । साथै उहाले अन्तरसहकारी भुक्तानी प्रणालीको शुरु गरेर सहकारीहरुलाई व्यावसाय प्रबद्र्धनमा लाग्न आग्रह गर्नु भएको थियो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्ब भन्दा बढीको पुँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी संघ संस्थाको दिर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउनु भयो । देशभर चार हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये संघअन्तर्गत १२ संघ सहित ३३४ संस्था आबद्ध रहेका छन् । बहुउद्देश्यीय सहकारी संघअन्तर्गत करिब ४५ हजारलाई रोजगारी दिएको भन्दै उनले दुई करोड चुक्ता पुजी रहेको संघको करिब ५० करोड रुपियाँ सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड रुपियाँ लगानी जानकारी दिनु भयो

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ४५ बजे