३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपीएलमा जनकपुर एक खेलअगावै प्लेअफमा



२७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट जनकपुरको १० अंक भएको छ। लिगको आफ्नो अन्तिम खेलमा जनकपुरले चितवन राइनोजसँग शनिबार खेल्नेछ ।

काठमाडौंले दिएको १०२ रनको मध्यम लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा जेम्स निशामले २७ र हर्स ठाकरले २५ रनको योगदान गरे ।

क्याप्टेन करण केसीले २ तथा शहाब आलम, गेरार्ड रास्मस र दिपेश कँडेलले समान एक विकेट लिएपनि काठमाडौंको हार भने टार्न सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो । सुरुबाटै कमजोर ब्याटिङ गरेको काठमाडौंका लागि गेरार्ड इरास्मसले २०, क्याप्टेन करण केसीले १९ र स्टेफन इस्किन्जीले १७ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।