६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वमेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा



१ पुस । काठमाडौं महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।

काठमाडौंको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

२०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए।

सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।