३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँ महानगरद्वारा प्रमख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस



६ पुस । काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ।

महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाहीको सिफरिस गरेको जनाएको छ।

पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन माननन्धरले महानगरको मापदण्डविपरीत नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिस गरेको जानकारी दिए।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ११ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।