३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर बाबुछोरा मृत्यु प्रकरणः हत्या गरेको जेठो छोराको स्वीकार



९ पुस । बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा आचार्यले अपराध स्वीकारेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार बिहान भाडाको घरको कोठामा मृत भेटिएका थिए।

दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा आचार्य भने सम्पर्कविहीन थिए। प्रहरीले उनीमाथि आशंका गरिएअनुसार नै अनुसन्धान अघि बढाएको थियो।

छिमेकीले शनिवार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतवार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए।

दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।