१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘होस्टेल ३’ को पोस्टरमा कलाकारहरु रमाइलो मुद्रामा



काठमाडौं
नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण
‘होस्टेल ३’ को पोस्टरमा चार मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ, । जसले चलचित्र हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ । पोस्टरमा चलचित्रमा प्रमुख पुरुष पात्रहरूले बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ । यी चार मुख्य पात्रहरू – आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङ हुन् । राकेश दाहालले पोस्टर डिजाइन गरेका हुन् ।

पात्रहरूको हास्यजन्य शैलीले चलचित्रको कथावस्तु रमाइलो र जीवन्त हुने सङ्केत गर्छ । ‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । चलचित्रको निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सह–निर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ को सफलतापछि निर्माण गरिएको हो । चलचित्रमा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ प्रर्दशन मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान कँडेलले बताएका छन् ।

 

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।