६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले राष्ट्रियसभा गृहमा पूर्वमेयर सिंहको सालिक राख्ने



१५ पुस । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरमा पूर्वमेयर पीएल सिंहको पूर्ण कदको सालिक राख्ने भएको छ। काठमाडौं महानगरपालिकाको आइतबार बसेको ३९ औँ कार्यपालिका बैठकले ‘नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्‍याएको योगदानको सम्मान’मा उनको सालिक निर्माण गर्ने निर्णय गरेको हो।

वि. सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भएको थियो। उनी २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर काठमाडौँ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

२०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका थिए।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।