६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द हुँदैनः खानेपानीमन्त्री



१८ पुस । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन्। बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौंमा पानी आपूर्ती बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ती गर्ने गरी काम भइरहेको बताएक हुन्।

उनले भने, “विगतमा बर्खा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौं।” मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको उल्लेख गरे।

उनले भने, “म नेपालका तराईं, पहाड र हिमाली जिल्लाका बिकट गाउँ बस्तीमा पुगेको छु। कतिपय गाउँ त पानीका लागि बसाइँसराइँ गर्नुपर्ने अवस्थामा छन्। ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु।”

मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौं ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए। मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौं पानी ल्याउने गरी काम भइरहेको उनको भनाइ थियो।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।