२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं नागार्जुनमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु



२६ पुस । काठमाडौं नागार्जुन नगरपालिका ६ ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ।

बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट सोही नगरपालिका ६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसा तामाङको शुक्रबार दिउँसो मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।