६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २ पुग्यो



मकवानपुर । मकवानपुरको मनहरीमा स्कर्पियो र कार ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनाका घाइते चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो। यसअघि कार चालक हेटौँडाका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो।

शनिबार हेटौँडाबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौँडा आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार मकवानपुरको मनहरीमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। स्कर्पियो चालक रौतहटका किशन जैसवाल फरार रहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।