३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय



काठमाडौं

काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय रहेको जनाएको छ। आइतबार सूचना जारी गर्दै महानगरले यस्तो जानकारी दिएको हो।

‘काठमाडौँ महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिबीच मिति २०७१–११–२२ मा काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौँ भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौँ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको ब्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि काठमाडौँ महानगरपालिकाले भ्युटावरको नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश गुरागाईंलाई निलम्बन गरेको थियो। काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।