काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका– ३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग बिहीबारराति झडप भएहो हो।
झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ। १३ जना बौद्ध प्रहरीको हिरासतमा छन्। काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
सबस्टेसन र टावर निर्माणका लागि बिहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो। प्रहरीले बिहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि सबस्टेसन निर्माण गर्न लागेको छ।
बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ।







प्रतिक्रिया