६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न महिला पक्राउ



काठमाडौं । जिल्ला अदालत काठमाण्डौ परिसरभित्र बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३२ शान्तिनगर बस्ने ५५ वर्षीय शितल राई भन्ने सितादेबी राईलाई प्रहरीले पक्राउ गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेकी राईलाइ अहिले हरी वृत्त सिंहदरवारको हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

यसअघि सोही आरोपमा प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महेन्द्र पाण्डे भन्ने महानन्द जैसी र दोलखाको तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई हाल ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी.लाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई गएको माघ २ गते दिउसो पौने चार बजे कुटपिट गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।